मतिगढाको रवीन्द्रपल्लीमा फ्ल्याट भाडामा लिएर असामाजिक कार्य गर्ने गरेको गाउँलेहरूको आरोप

सिलगढी : मतिगढाको रवीन्द्रपल्लीमा फ्ल्याट भाडामा लिएर असामाजिक कार्य गर्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। हिजो राति रविन्द्रपल्लीको एउटा अपार्टमेन्टमा केही युवक-युवतीहरूले मदपान गरेर अश्लील अवस्थामा रहेको स्थानीय मानिसहरूले देखेपछि यसको प्रतिवाद जनाउँदा उल्टै तिनीहरूसित झगडा गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसपछि घटनाबारे  पुलिसलाई खबर दिएपछि मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर 15-16 जना युवक-युवतीलाई हिरासतमा लिएर थाना लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *