मतिगढाको तुम्बाजोतबाट टोटो चोरी

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना अन्तर्गत तुम्बाजोत इलाकाबाट एउटा टोटो चोरी भएको छ। टोटो मालिक अमित शर्माले यसबारे मतिगढा थानामा लिखित अभियोग दर्ता गरेको छ। अमित शर्माले बताएअनुसार आज बिहान तिनको स्वास्नीले घर बाहिर टोटो नदेखेपछि यसबारे तिनलाई खबर दिए। यसपछि तिनीहरूले टोटोको खोजी गरे तापनि नपाएपछि अन्तमा थानामा एउटा लिखित अभियोग दर्ता गरे। टोटोको सहयोगमा घर चल्ने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *