मतिगढामा एडीसीपी कार्यालयको कमिश्नर गौरव शर्माले गरे उद्घाटन 

सिलगढी : सिलगढी मेट्रोपोलिटनको पहिलो एडीसीपी कार्यालयको आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले विधिवत् रूपमा उद्घाटन गरे। मतिगढाको सिटी सेन्टर नजिक उक्त नयाँ कार्यालय बनाइएको छ। स्मरण रहोस्, मतिगढा सिटी सेन्टर र खप्रेल मोड़ नजिक वाहनहरूको अधिक जाम लाग्ने गर्दछ। उक्त क्षेत्रमा ट्राफिक पोइन्ट रहे तापनि ट्राफिक जामको समस्या हुने गरेकोले सिटी सेन्टर नजिक एडीसीपी कार्यालय बनाएको बताइएको छ। यस अवसरमा कमिश्नर गौरव शर्मा भने, सिलगढीको ट्राफिक समस्या दूर गर्न पुलिसले लगातार क्रमबद्ध रूपमा काम गरिरहेको छ।


ट्राफिक समस्याको समाधान गर्ने साथै पुरै ट्राफिक व्यवस्थामाथि नजर राख्ने उद्देश्य लिएर एडीसीपी कार्यालयको निर्माण गरिएको तिनले बताए। यस अवसरमा डीसीपी कुंवर भूषण सिंह, ट्राफिक डीसी अभिषेक गुप्ता, ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा, एसीपी मनीष यादव तथा अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *