मतिगढामा घरेलु रक्सीसहित एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले यहाँको त्रिपालीजोतको एउटा घरमा अभियान चलाएर घरेलु रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। केही दिनदेखि उक्त व्यक्तिले घरमा बनेको रक्सी बिक्री गर्ने गरेको स्थानीय मानिसहरूले थानामा अभियोग दर्ता गरेपछि पुलिसले आज अभियान चलाएर केही लिटर रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *