मतिगढामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : मतिगढाको कलमजोत इलाकामा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति सुबोध मल्लिक उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा फर्मासिस्टको रूपमा कार्य गर्थे। प्राप्त जानकारी अनुसार गत राति परिवारका सदस्यहरूले घरमा झुन्डिरहेको अवस्थामा सुबोधलाई देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। पारिवारिक अशान्तिले गर्दा नै तिनले आत्महत्या गरेको हुनसक्ने परिवार तथा स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। मृतक सुबोध उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको कर्मचारी संगठनका नेता तथा समाजसेवीको रूपमा परिचित थिए। तिनको अस्वभाविक मृत्युले गर्दा इलाका तथा उत्तरबंग मेडिकल कलेज एवम् अस्तलका कर्मचारीहरूमा शोकको लहर छाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş