मतिगढा-नक्सलबारी क्षेत्रबाट भाजपा-का प्रमुख दावेदार निमेष सुन्दास

मिरिक : विधानसभा चुनाउलाई लिएर हाल दार्जिलिङ जिल्लाको तराई क्षेत्रमा पनि राजनैतिक माहौल गर्मिएको छ। चुनाउमा कुनै पनि दलको हार र जीत निश्चित रहे तापनि यस पटक मतिगढा-नक्सलबारी 25 विधानसभा क्षेत्रबाट भाजपा प्रार्थीको रूपमा पूर्व प्रशासनिक अधिकारी रहिसकेका एकजना सामाजिक कार्याकर्ता निमेष सुन्दासको नाम सबैभन्दा अघि आएको छ। तिनी भाजपा पार्टीको प्रबल दावेदार मानिएको छ। लगभग एक लाखभन्दा बढी जनसंख्या भएको उक्त निर्वाचन क्षेत्रका सय प्रतिशत मानिसहरूले शालीन तथा मिलनसार व्यक्तित्वको धनी सुन्दासलाई समर्थन गर्ने बताइएको छ। विधानसभा चुनाउमा भाजपा प्रार्थीको रूपमा आफूलाई चयन गरेकोमा तिनले उक्त निर्वाचन क्षेत्रबाट विपुल मतले विजय हासिल गर्ने प्रतिबद्धता जाहेर गरिसकेका छन्। तिनले आफू विजयी बनेको खण्डमा निर्वाचन क्षेत्रका गोर्खाराजवंशी, आदिवासी, हिन्दी आदि भाषी मानिसहरूको सामाजिक अनि शैक्षिक विकासको निम्ति कार्य गर्ने कटिबद्धता व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *