मतिगढा पुलिसद्वारा 5 जना डकैत पक्राउ

सिलगढी: डकैतीको योजनालाई असफल पार्दै सादा पोशाकमा मतिगढा थानाको पुलिसले 5 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा तापस किन्नर, तपन राय, गणेश प्रसाद, सागर टराइली र विवेक डोम सामेल छन्। गोप्य सूत्रको आधारमा मतिगढा थानाको पुलिसले गत राति सादा पोशाकमा मतिगढा थाना अन्तर्गत हवाई सिंह ब्रिज इलाकामा अभियान चलाएर 5 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू सबैजना इलाकामा डकैती गर्ने उद्देश्यले भेला भएका थिए।  तिनीहरूबाट पुलिसले धारिलो हतियार अनि फलामको रडहरू सहित अन्य समानहरू उद्धार गरेको छ। आज सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *