मतिगढा शिव मन्दिर नजिकदेखि सालुगढासम्मको सडक निर्माण गर्न 995.04 करोड रुपियाँ बजट केन्द्रद्वारा स्वीकृत : राजु विष्ट

सिलगढी : दार्जिलिङ पहाड, सिलगढी, तराई अनि डुवर्स क्षेत्रमा अब चाँडै आफूले देखेको विकास कार्यहरू पुरा हुने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। तिनले जारी गरेको एक विज्ञप्ति अनुसार दार्जिलिङ अनि जिल्ला अन्तर्गत पर्ने एनएच 31 (नयाँ एनएच 10)-को एएच-02 को अन्तदेखि एनएच 31-मा शिव मन्दिर नजिकदेखि सालुगढा छेउ सेभोक आर्मी केन्टुमेन्टसम्मको 4/6 लेन (दुवैतर्फ सर्भिस रोड सहित) बनाउनको लागि 995.04 करोड रुपियाँ बजट केन्द्र सरकारले स्वीकृति गरिदिएको जानकारी दिएका छन्। यस महत कार्यको निम्ति तिनले सम्बन्धित विभागीय केन्द्रीय मन्त्री नितीन गडकरी लगायत प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्। उक्त प्रस्तावित सडक निर्माणले सिलगढी सहरसहित यसको संलग्न क्षेत्रहरूमा अझ विकास हुनको साथै ट्राफिक जामको समस्या पनि समाधान भएर जाने सांसद विष्टले बताएका छन्। यसको साथै सिलगढी सहर दार्जिलिङ, कालेबुङ, डुवर्स, सिक्किम लगायत उत्तर पूर्वीय क्षेत्रहरूको परिभ्रमण गर्दा देखा पर्ने ट्राफिक समस्याहरू अब समाधान भएर जाने तिनले बताएका छन्। यसबाहेक उक्त प्रोजेक्टले क्षेत्रीय निर्माण उद्योगलाई सघाउ पुग्ने अनि हजारौँ मानिसहरूले यस मार्फत् नोकरी तथा व्यवसाय गर्नको निम्ति मौका पाउनेछन् भनी सांसद विष्टले बताएका छन्। बीजेपीमाथि भरोसा गर्ने यस क्षेत्रका सबै समर्थकहरूप्रति आभार व्यक्त गर्दै बीजेपीले संकल्प पत्रमा गरेको वाचाहरू चाँडै पुरा गर्ने पनि तिनले जारी विज्ञप्तिमा जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *