सिलगढी (निसं): सिलगढीमा रगतको कमीलाई ध्यानमा राखेर सिलगढी मेट्रोपलिटन पुलिसले रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। यसैक्रममा आज सिलगढी मेट्रोपलिटन पुलिसको मतिगढा थानाको पहलमा रक्तदान शिविरको आयोजना गऱ्यो। उक्त रक्तदान शिविर सिलगढी तराई लायन्स क्लब अनि उत्तर बङ्ग मेडिकल कलेजको सहयोगितामा गरेको थियो। यस अवसरमा पुलिस अधिकारीहरू लगायत पुलिस कर्मीहरूले स्वेच्छाले रक्तदान गरे। उक्त उत्सर्ग रक्तदान शिविरको विधिवत् उद्घाटन मेट्रोपलिटन पुलिस कमिश्नर सी सुधाकरले गरेका थिए।
