मतिगढा थाना पुलिसले चोरी भएको तथा हराएको 23 वटा फोन उद्धार गरेर फर्काइदिए मालिकलाई

सिलगढी : मतिगढा थाना अन्तर्गत इलाकामा धेरैवटा फोन चोरी भएको घटनाको मामिलामा जुटेका मतिगढा थाना पुलिसले 23 वटा चोरी, छिनताई तथा हराएको फोन उद्धार गरेको छ। मतिगढा थानामा आज डीसीपी कुंवर भूषण सिंहले 17 जनालाई तिनीहरूको हराएको फोन फिर्ता दिए भने अन्य फोन यसको मालिकलाई दिइने बताइएको छ। अर्कोतिर, आज हराएको फोन फिर्ता पाउँदा मानिसहरू निक्कै खुसी भए। यस विषयमा डीसीपी कुंवर भूषण सिंहले भने, लगभग एक महीनामा मतिगढा थाना र खुफिया विभाग सबै मिलेर हराएको उक्त 23 वटा फोन उद्धार गरेको हो। आज 17 जनालाई तिनीहरूको फोन फिर्ता दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *