मतिगढा ट्रक ओनर्स एसोसिएसनद्वारा मतिगढा थानालाई सुम्पियो ज्ञापन

सिलगढी: मुख्यमन्त्रीको निर्देश पाएपछि प्रशासनले नदीबाट गैरकानूनी खनन गर्ने कार्यलाई बन्द गरिदिएको छ। पुलिसको निर्देश पछि रोयल्टी दिएर बालुवा अनि ढुंगाहरू लैजान मानिसहरूलाई यसले गर्दा समस्या भइरहेको छ। यसैले आफ्नो समस्याहरूलाई लिएर मतिगढा ट्रक ओनर्स एसोसिएसनका सदस्यहरूले आज आफ्नो माग राख्दै मतिगढा थाना अघि प्रदर्शन गर्नको साथै यसपछि थाना प्रभारीलाई भेटेर सात सूत्रीय मागलाई लिएर एउटा ज्ञापन सुम्पिए। यस अवसरमा


मतिगढा ट्रक ओनर्स एसोसिएशनका सदस्यहरूले प्रशासन समक्ष रोयल्टी बिनै तथा विभिन्न मसिनको माध्यमले नदीहरूबाट बालुवा तथा ढुंगाहरू निकालेर नदीको किनार खोक्रो पार्नेहरूलाई कठोर कार्वाही गरिनु पर्ने माग गरेका छन्।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *