माटो प्रयोगशालाका कर्मीहरूद्वारा कामको व्यवस्था गरिदिने मुख्यमन्त्रीलाई निवेदन

सिलगढी : आर्थिक समस्याले गत 8 महिनादेखि जुझिरहेका छन् माटो प्रयोगशालाका कर्मीहरू। राज्य सरकारको अधीनमा रहेको कृषि विभागका माटो प्रयोगशालाका कन्ट्र्याक्चुअल कर्मीहरूको गत जनवरी महिनामा कन्ट्र्याक समाप्त भएपछि हालसम्म तिनीहरूको पुनः नवीनकरण गरिएको छैन। लगभग 8 महिनादेखि तिनीहरूले कुनै काम छैन। भुक्तभोगी पीडितहरूले बताएअनुसार यसै कामको भरमा लगभग 133 परिवारले आफू लगायत परिवारको भरण पोषण गर्दै आइरहे तापनि गत 8 महिनादेखि काम बन्द रहेकोले तिनीहरू निक्कै समस्यामा परेका छन्। यस्तो परिस्थितिमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष आफूहरूलाई चाँडै कामको व्यवस्था गरिदिने तिनीहरूले आवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *