मायादेवी क्लबमा चोरी गर्ने युवक पक्राउ

सिलगढी : मायादेवी क्लबमा चोरी गरेको आरोपमा पुलिसले मनमोहन बर्मन नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 2 फरवरीमा मायादेवी क्लबमा चोरी भएपछि क्लबको तर्फबाट घटनाबारे मतिगढा  थानामा एउटा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढा थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर हिजो उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले आरोपीबाट चोरी गरेको समानहरूमध्ये एउटा टीभी बरामद की है। पक्रा परेका युवकलाई आज अदालतमा पेश गरेपछि 7 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी मनमोहन बर्मन यसभन्दा अघि पनि चोरी तथा अन्य गैर अपराधिक घटनामा सामेल थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *