‘मायाको गाड़ी’ साङ्गीतिक एल्बम लोकार्पण हुने

खरसाङ : तीनधारेका गायक राकेश लामा अनि गायिका डोल्मा तामाङको साङ्गीतिक एल्बम ‘मायाको गाड़ी’ तीनधारेमा लोकार्पण गरिने भएको छ। साहित्य कला संस्थान् तीनधारेको आयोजनामा उक्त एल्बम भोली 24 अक्टोबरको दिन तीनधारेको महात्मा गाँधी हलमा दिउँसो 1 बजेदेखि एउटा कार्यक्रमबीच लोकार्पण गरिने भएको छ। उक्त एल्बम लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मित्रकुमार तामाङ उपस्थित हुने छन्। गायक राकेश लामा लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर लागि परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *