‘माया यस्तो पनि’ र ‘मायालु मायालु’ म्युजिक भिडियोको लोकार्पण

मङपु : कृपा प्रोडक्सनद्वारा निर्मित दुईवटा म्युजिक भिडियो माया यस्तो पनिमायालु मायालु-को स्थानीय अरुणा लामा स्मृति भवन लाटपन्चरमा एउटा कार्यक्रमबीच लोकार्पण गरियो। डीबी कार्कीले स्वागत सम्भाषण राखेको समारोहमा प्रणय गुरुङले मिठो गीत प्रस्तुत  गरे। समारोहमा प्रमुख अतिथिको रूपमा आनन्द राई उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा सङ्गीतकार महेश्वर लामा, पूर्व सभासद रतन थापा, केबी गुरुङ अनि सुरेन बर्मेको बाहुलीबाट कृपा प्रोडक्सनद्वारा निर्मित उक्त म्युजिक  भिडियोको लोकार्पण  गरियो। यसरी म्युजिक भिडियोका निर्माता शरण गुरुङको आमा कुमारी गुरुङ अनि बाबु गोरे गुरुङको बाहुलीबाट उक्त भिडियोमा अभिनय गर्ने नायक शुभाशिष तामाङ, नायिका निहा गुरुङ, सङ्गीतकार सुरेन बर्मे सुर शर्मिला म्युजिक क्रिएसन, रचनाकार प्रफुल्ला लामा, गायक शरण गुरुङ अनि सुरुक्ष सेन्चुरीलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।


यसैगरी, दोस्रो  म्युजिक भिडियो मायालु मायालु-को लोकार्पण जीटीए पूर्व सभासद् रतन थापाको बाहुलीबाट गरियो। शरण गुरुङद्वारा निर्मित यस दोस्रो म्युजिक भिडियोका सङ्गीतकार महेश्वर लामा अनि सम्पूर्ण कलाकारहरूलाई पनि स्मृति  चिन्ह प्रदान गरेर सम्मान जनाइयो। गायक अनि निर्माता शरण गुरुङलाई  सम्पूर्ण गाउँवासीले खदा लगाइ दिएर सम्मान जनाए। शरण गुरुङले मिठो गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *