मेफेयर क्राउनको तर्फबाट भ्याक्सिनेशन तथा रक्तदान शिविरको आयोजना

सिलगढी : मेफेयर क्राउनको तर्फबाट आज भ्याक्सिनेशन तथा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरको माध्यमद्वारा मेफेयर क्राउनमा बसोबास गर्दै आइरहेका परिवारका सदस्यहरूलाई कोरोना भ्याक्सिनको पहिलो र दोस्रो खोप लगाइयो। मेफेयर क्राउन म्यानेजमेन्ट कमिटीका सदस्य राहुलले बताएअनुसार आज एउटा गैर सरकारी अस्पतालको सहयोगितामा भ्याक्सिनेशन  तथा तराई ब्लड ब्याङ्कको सहयोगितामा रक्तदान शिविरको आयोजना गरिएको हो।


भ्याक्सिनेशन शिविरमा लगभग 3 सय मानिसहरूले कोरोनाको खोप लगाए भने  रक्तदान शिविरको माध्यमद्वारा लगभग 25 युनिट रगत संग्रह गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *