मेयरद्वारा रोगीहरूलाई फल एवम् खाद्य वितरण

सिलगढी : सिलगढीका विधायक तथा नगरनिगमका मेयर अशोक भट्टाचार्य आज सिलगढी महकुमा अस्पालमा पुगे। यस अवसरमा तिनले अस्पतालमा उपचाराधीन अवस्थामा रहेका रोगी तथा तिनीहरूका परिवारका सदस्यहरूसँग कुराकानी गरे। यसको साथै मेयरले तिनीहरूलाई नयाँ वर्षको शुभकामना पनि व्यक्त गरे। मेयर भट्टाचार्यले अस्पतालका रोगीहरूलाई फल एवम् खाद्य सामाग्रीहरू वितरण गरे भने तिनीहरूलाई चाँडै सुस्वस्थको कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *