मेयरद्वारा सिलगढीको विभिन्न नदी घाटको निरीक्षण

सिलगढी : काली पुजा तथा छट पुजालाई केन्द्र गरेर सिलगढीका मेयर गौतम देवले आज सिलगढीको विभिन्न नदी घाटको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार दुर्गा पुजा विसर्जन अवधि माल नदीमा भएको दुर्घटनालाई ध्यानमा राखेर काली पुजा विसर्जन तथा छट पुजा अघि नै सिलगढी नगरनिगमले यहाँको विभिन्न नदी घाटहरूको निरीक्षण गरेको बताइएको छ। पुजाको समय कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर आज मेयर गौतम देवले नदी घाटहरूको निरीक्षण गरेको हो। तिनले आज सिलगढीको 42 नम्बर वार्डको महानन्दा नदीको विभिन्न घाटको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *