मेयर गौतम देवद्वारा हैदरपाडा बजार कम्प्लेक्सको निरीक्षण

सिलगढी : हैदरपाडा बजार परिसर असामाजिक गतिविधिको केन्द्र बन्न पुगेको छ। उक्त बजारको गरिमा फर्काइल्याउने उद्देश्य लिएर सिलगढी नगरनिगमले पहल गरेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवले आज उक्त मार्केटको निरीक्षण गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद् मुन्ना प्रसाद, मानिक दे उपस्थित थिए। मेयर गौतम देवले आज उक्त मार्केटको निरीक्षण गर्नको साथै त्यहाँका व्यवसायीहरूसित कुराकानी पनि गरे। हाल उक्त मार्केटमा विविध समस्या रहे तापनि यस महिना भित्रमै सबै समस्याको समाधान गरिने मेयरले आश्वासन दिएका छन्। यस बजारमा स्टलहरू रहे तापनि हाल माछा, सब्जी र फल दोकानहरू अन्यत्र रहेको छ। हाल उक्त मार्केटको प्रायः सबै स्टलहरू खाली रहेकोले गर्दा नै यहाँ असामाजिक गतिविधिहरू निक्कै बढेको छ। अब चाँडै उक्त मार्केटको गरिमा फर्काइ ल्याउनुपर्नेछ। अर्कोतिर, मार्केट कम्प्लेक्सका सचिव तपन कुमार नाहाले भने, उक्त मार्केटमा सुरक्षा व्यवस्थाको अभाव रहेको छ। मार्केटको सबै दोकानहरू शुरू गरे समस्याको समाधान हुनेछ भन्दै तिनले चाँडै उक्त मार्केट शुरू गर्ने आवेदन पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.