मेयर गौतम देवद्वारा दार्जिलिङ मोडमा विश्व बाङ्ग्ला ग्लोबको उद्घाटन

सिलगढी: सिलगढीको दार्जिलिङ मोडमा नगर निगमका मेयर गौतम देवले आज विश्व बाङ्ग्ला ग्लोबको विधिवत् उद्घाटन गरे। एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा ग्लोबको उद्घाटन गरियो।  सिलगढी नगर निगमको तर्फबाट 16 लाख रूपियाँ खर्च गरेर विश्व बाङ्ग्ला ग्लोब बनाइएको बताइएको छ। यस ग्लोबको आज आधिकारिक रूपमा उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा मेयर गौतम देव लगायत डिप्टी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्ता आदि प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा मेयर गौतम देवले भने, विश्व बङ्ग्ला ग्लोबको चारैतिर विरूवाहरू लगाइने छ। यस वाहेक दार्जिलिङ मोड़देखि सुकनासम्म सौन्दर्यीकरण गरिने छ। यो ठाउँ राष्ट्रीय तथा अन्तर्राष्ट्रीय प्रवेश द्वार होष यसैले यो ठाउँलाई सुन्दरीकरण गर्न चाहन्छु।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *