मेयर गौतम देवद्वारा फुलबारीमा पक्का सडक तथा नालीको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : सिलगढीका मेयर गौतम देवले पक्का सडक तथा नालीको निर्माण कार्यको विधिवत् शिलान्यास गरे। राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पुठीमारीको रङ्गलीभिटा इलाकामा सडक तथा नालीको निर्माण कार्यको आज मेयरले शिलान्यास गरे। यो सडक एउटा महत्वपूर्ण सडक हो। उक्त इलाकामा एउटा स्कुल रहेको छ। धेरैजना मानिसहरू यहीँ सडक भएऱ आवत-जावत गर्ने गर्दछन्। जलपाईगढी जिल्ला परिषदको कोषबाट लगभग 22  लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने भएको छ। यस अवसरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, जलपाईगढी जिल्ला परिषदका सदस्य देबाशीष प्रमाणिक, डाबग्राम-फुलबारी ब्लक अध्यक्ष सुधा सिंह च्याटर्जी, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *