मेयर गौतम देवद्वारा फुलबारीमा प्रवासी पक्षीहरूको निरीक्षण

फुलबारी (निसं): फुलबारीमा मेयर गौतम देवले प्रवासी पक्षीहरूको निरीक्षण गरे। सिलगढी नगरनिगमका मेयर गौतम देवले आज फुलबारी महानन्दा ब्यारेजमा प्रवासी पक्षीहरूको निरीक्षण गरे। ठण्डाको मौसममा प्रत्येक वर्ष फुलबारीस्थित महानन्दा ब्यारेजको जलाशयमा धेरै संख्यामा प्रवासी पक्षीहरू आउने गर्दछ। मेयरले आज बिहान फुलबारी महानन्दा ब्यारेजमा प्राकृतिक सुन्दरताको आनन्द लिनको साथै प्रवासी पक्षीहरू हेरे। अन्य वर्षहरूको तुलनामा यस वर्ष फुलबारीमा प्रवासी पक्षीहरूको संख्या निक्कै कम रहेको गौतम देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *