मेयर गौतम देवद्वारा फेरि अग्निकाण्ड स्थलको निरीक्षण

सिलगढी : सिलगढीको 18 नम्बर वार्डको खुदीराम कोलनीको आग्निकाण्ड स्थलको मेयर गौतम देवले आज फेरि निरीक्षण गरे। घटनाको दिन तिनी सहरदेखि बाहिर थिए भने हिजो सिलगढी फर्किआएपछि साँझको समय तिनले घटनास्थलको निरीक्षण गरेका थिए। यसको साथै अग्निपीडितहरूलाई केही आवश्यक सामग्रीहरू प्रदान गर्नको साथै मेयर रिलिफ फन्डबाट अग्निपीडितहरूलाई 5 हजार रुपियाँ क्षतिपूर्ति दिने आश्वासन दिएका थिए। आज फेरि तिनले उक्त इलाकाको निरीक्षण गर्नको साथै इलाकाका मानिसहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले अग्निपीडितहरूलाई चाँडै तिनीहरूको आवश्यक कागजपत्र बनाइदिने आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *