मेयर गौतम देवद्वारा सिलगढी जिल्ला अस्पतालको निरीक्षण

सिलगढी (निसं): सिलगढी जिल्ला अस्पतालले कायाकल्प र सुश्री परियोजना नामक दुई वटा भिन्न-भिन्नै पुरस्कार प्राप्त गर्न सफल भएको छ। सिलगढी नगर निगमले पनि अस्पताल विकासको निम्ति पहल गरेकोले आज मेयर गौतम देवले उक्त सिलगढी जिल्ला अस्पतालको निरीक्षण गरे। गौतम देव उत्तबंग विकास विभागका प्रभारीको रूपमा रहँदा तिनले सिलगढी जिल्ला अस्पतालमा धेरै सुधार कार्य गरेका थिए। यसपल्ट नगर निगमका मेयरका रूपमा पनि तिनले जिल्ला अस्पताललाई अझ विकास गर्ने प्रयास गरिरहेका छन्। प्राप्त जानकारी अनुसार अस्पताल विकासको लागि प्रथम चरणमा अस्पताल परिसरमा मां क्यान्टिनको निर्माण गरिने भएको छ। अस्पताल परिसरमा क्यान्टिन निर्माणको लागि जमीनको चिन्हित अगावै भइसकेको छ। यसको साथै अस्पतालमा पानीको समस्या रहेकोले गर्दा मेयरले पानीको समस्या पनि चाँडै समाधान गरिदिने आश्वासन दिएका छन्। अर्कोतिर,अस्पताल परिसरमा एउटा क्यवार्टमा अस्पताल अधीक्षकको कार्यालय धेरै समय अघिदेखि चलिरहेकोले आज यसको पनि गौतम देवले निरीक्षण गरेपछि अस्पतालमा प्रशासनिक भवन बनाउन अति आवश्यक रहेको बताउँदै यसको लागि पनि पहल गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *