मेयर गौतम देवद्वारा तराई तारापद आदर्श विद्यालयको प्लेटिनम जुब्ली उत्सवको ‘थिम सङ्ग’ उद्घाटन

सिलगढी (निसं)। तराई तारापद आदर्श विद्यालयको प्लेटिनम जुब्ली उत्सव आगामी 26 जनवरीदेखि शुरू हुने भएको छ। आज सिलगढीका मेयर गौतम देवले प्लेटिनम जुब्ली उत्सवको थिम साङ्ग-को उद्घाटन गरे। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर थिम साङ्ग-को उद्घाटन गरे। यस अवधि मेयर गौतम देव लगायत नगर निगमको डिप्टी मेयर रञ्जन सरकार,विद्यालयका प्रधानाध्यापक अशोक कुमार नाथ, कार्यकारी अध्यक्ष स्वपन दास तथा अन्य शिक्षकगण उपस्थित थिए। यस सम्बन्धमा मेयरवे भने, प्लेटिनम जुब्लीको उपलक्ष्यमा आगामी 26 जनवरीदेखि 29 जनवरीसम्म विविध कार्यक्रमको आयोजना गरिने भएको छ। पहिलो चार दिनसम्म विविध कार्यक्रम आयोजित गरिनेछ। तथापि एक वर्षसम्म विभिन्न कार्यक्रमहरूको आयोजना भइरहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *