मेयर गौतम देवले कुचबिहारको मदनमोहन मन्दिरमा गरे पुजा-अर्चना

कुचबिहार : आगामी 27 फरवरीको दिन कुचबिहारमा नगरपालिका चुनाउ सम्पन्न हुने भएकोले सबै राजनैतिक पार्टीले जोडतोडले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा सिलगढी नगरनिगमका मेयर गौतम देवले हिजो माथाभाङ्गा, तुफानगञ्ज लगायत कुचबिहारको विभिन्न वार्डहरूमा तृणमूल प्रार्थीको पक्षमा चुनाउ प्रचार गरे। तिनले आज बिहान कुचबिहारको मदनमोहन मन्दिरमा गएर पुजा अर्चना गरेपछि त्यहाँबाट सोझै अलिपुरद्वारतर्फ प्रस्थान गरे। यस अवसरमा तिनीसित उत्तरबंग राष्ट्रिय परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतीम राय उपस्थित थिए। गौतम देवले अलिपुरद्वारमा तृणमूल प्रार्थीको पक्षमा चुनाउ प्रचार गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *