मेयर गौतम देवले जिल्ला प्रशासन अनि नर्सिंङ होम प्रबन्धकसित गरे सर्किट हाउसमा बैठक 

सिलगढी (निसं): सिलगढीमा डेङ्गूको लगातार बढ्दो प्रकोपले बिमारीहरूको परिवारलाई नर्सिंङ होममा बढ़्दो बील साथै स्वास्थ्य साथी कार्डलाई लिएर असुविधाको सामना गर्न परिरहेको देखिन्छ। सिलगढीको कतिपय नर्सिङ होमले स्वास्थ्य साथी कार्डलाई मान्यता नदिएको आरोप उठेपछि आज नगर निगमका मेयर गौतम देवले नर्सिंग होमका प्रबन्धकहरू अनि प्रशासनिक अधिकारीहरूसित सर्किट हाउसमा बैठक गरे।  बैठक पछि पत्रकारहरूसितको कुराकानीमा मेयर गौतम देवले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको जन लाभकारी योजनाहरूमध्ये स्वास्थ्य साथी कार्ड एउटा प्रमुख हो। आम मानिसहरूको सुविधाको लागि राज्य सरकारले यस परियोजनाको शुरूवात गरेको थियो। कोलकत्तामा यस परियोजनाको लाभ सबैले कुनै समस्या बिना नै उठाइरहेका छन् तर यता सिलगढीका मानिसहरूले यो परियोजनाको लाभ किन सही प्रकारले उठाउन पाएका छैनन्। मेयरले नर्सिंङ होमका प्रबन्धन पक्षलाई स्वास्थ्य साथी कार्डको उपयोग गर्नदिने निर्देश दिएका छन्। यदि कुनै पनि नर्सिंङ होमले स्वास्थ्य साथी कार्डलाई मान्यता नदिएको अभियोग प्राप्त भए जिल्ला प्रशासनले उक्त नर्सिंङ होम विरुद्ध कठोर कदम उठाउने तिनले चेतावनी दिएका छन्। अर्कोतिर, डेङ्गू प्रोटोकल नमान्ने सिलगढीको 12 वटा नर्सिंङ होम विरूदध जिल्ला प्रशासनले कारण बताओ नोटिस पनि जारी गरेको छ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *