मेयर के बोलो कार्यक्रम मार्फत् अभियोग पाएपछि मेयर गौतम देवद्वारा इलाकाको निरीक्षण

सिलगढी : मेयर के बोलो कार्यक्रम मार्फत् अभियोग पाएपछि मेयर गौतम देवले आफै हातमा कोदालो बोकेर साफ सफाई गर्ने बताए। यसको साथै तिनले बोरोको भूमिकालाई लिएर पनि असन्तुष्ट व्यक्त गरेका छन्। मेयर गौतम देवले आज सिलगढीको 10 नम्बर वार्डका अभियोगकर्तासित भेट गर्नको साथै उक्त इलाका एवम् वार्ड स्थित एउटा परित्यक्त ठाउँ र निर्माणाधीन बहुतले भवनको निरीक्षण पनि गरे। यस अवधि वार्ड पार्षद कमल अग्रवाल, मेयर परिषद माणिक दे लगायत अन्य उपस्थित थिए। उक्त वार्ड निवासीले हिलकार्ट रोड किनारमा धेरै समयदेखि झार-जङ्गल बढेको साथै फोहोर मैलाको थुप्रो जम्मा भएको बताएका थिए। यसबारेमा अभियोग गरे तापनि सफाईको काम नगरिएको उक्त वार्डका एकजना निवासीले अभियोग लगाएका छन्। यस सम्बन्ध मेयरले भने, सिलगढी नगरनिगमको तर्फबाट निर्माणाधीन बहुतले भवनमा सफाई अभियान चलाइनेछ अनि प्रमोटरलाई पनि नोटिस पठाइनेछ। मेयरले उक्त बहुतले भवनको काम चाँडै पुरा गर्ने निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *