मेयरले अशोक भट्टाचार्यले गरे जैविक मल स्टलको उद्घाटन

सिलगढी: सिलगढ़ी शहरका मानिसहरूले अबदेखि मात्र 12 रूपियाँको दरमा जैविक मल प्राप्त गर्न सक्ने छन्। सिलगढ़ी नगर निगमका मेयर अशोक भट्टाचार्यले आज नगर निगम अघि जैविक मल स्टलको विधिवत् रूपमा उद्घाटन गरे। यस स्टलमार्फत मानिसहरूलाई अब मात्र 12 रूपियाँको दरले कम मूल्यमा मल बिक्री गरिने छ। प्राप्त जानकारी अनुसार नगर निगमद्वारा जैविक मल निर्माण गर्ने प्रकिया पूरा गरिसकेको छ। यस स्टलबाट चिया कमानकालगायत अन्य मानिसहरूले कम्ती मूल्यमा जैविक मल सहजै प्राप्त गर्न सक्ने छन्। उद्घाटन कार्यक्रममा मेयर अशोक भट्टाचार्यले बताए अनुसार हाल 2 र 17 नम्बर वार्डलगायत विधान मार्केटको पचनशील पदार्थलाई एकत्रित गरेर जैविक मल तयार गरिने छ। यसपछि परियोजनामा मोठ 14 वार्डलाई पनि सामेल गरिने छ। आजको कायर्क्रममा मेयर अशोक भट्टाचार्य, डिप्टी मेयर राम भजन महतो, मुकुल सेन गुप्ता,शंकर घोषसहित अन्य नगर निगमका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *