एमबीबीएस परीक्षा उत्तीर्ण गरिन् बिजनबारी नोर गैरी गाउँकी प्रज्ञा सुब्बाले

बिजनबारी: दार्जिलिङ पुलबजार खण्डको नयाँ नोर ग्रामस्थित नोर गैरी गाउँ निवासी सुश्री प्रज्ञा सुब्बाले एमबीबीएस परीक्षा उतीर्ण गरेर गाउँ लगायत सम्पूर्ण बिजनबारी भेगलाई गौरान्वित पारेकी छन्। शैक्षिक स्तरमा शहरको तुलनामा गाउँ पनि पछि छैन भन्ने सन्देश दिँदै स्थानीय प्रताप सुब्बाको नातिनी एवम् श्रीमती हस्ता सुब्बाकी सुपुत्री प्रज्ञा सुब्बाले नेशनल मेडिकल कलेज कोलकताबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेर डाक्टरको उपाधी पाएकी हुन्। कठोर मेहनत र लगनशीलताले गर्दा नै तिनले नेशनल मेडिकल कलेज कोलकताबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेर यस भेककै पहिलो डाक्टर बन्न सफल भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *