मेची कृषि जमीन बचाऔ कमिटीद्वारा महकुमा शासक कार्यालयको घेराउ गर्नको साथै चढाए ज्ञापन पत्र

सिलगढी: मेची कृषि जमीन बचाऔ कमिटीको तर्फबाट कृषकहरूलाई जमीनको पट्टा दिनु पर्ने माग गर्दै आज सिलगढी महकुमा शासकलाई ज्ञापन सुम्पियो। प्राप्त जानकारी अनुसार राज्य सरकारले गत केही वर्ष अघि नक्सलबारीस्थित मेची नदी छेउमा गोर्खा ट्रेनिङ सेन्टर बनाउनको लागि लगभग 105 ऐकर जमीन अधिग्रहण गरेको थियो। तर उक्त जमीन अधिग्रहणको विरोधमा आन्दोलन गर्नको साथै त्यहाँका कृषकहरूले महकुमा शासकलाई ज्ञापन चढाए पछि राज्य सरकारले 105 ऐकरलाई छोड़ेर मात्र 30 ऐकर जमीन अधिग्रहण गरेर त्यसमा चारैतिरबाट वाल लगाएर गोर्खा ट्रेनिङ सेन्टर बनाउने पहल शुरू गरेको छ। हाल त्यहाँको खाली स्थानमा कृषकहरूले खेती गर्दै आइरहे तापनि तिनीहरूसित जमीनको कुनै पट्टा छैन्। यसैले मेची कृषि जमीन बचाऔ कमिटीले गत धेरै समय अघिदेखि लगभग 200 जना कृषकहरूलाई  जमीनको पट्टा दिनु पर्ने मागमा आन्दोलन गरिरहेको छ। यही आन्दोलन अन्तर्गत मेची कृषि जमीन बचाऔ कमिटीले  आज कृषकहरूलाई जमीनको पट्टा दिनु पर्ने मागमा महकुमा शासक कार्यालयलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। यसको साथै महकुमा शासकलाई एउटा ज्ञापन पनि सुम्पिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *