मेडिकल कलेजमा अस्थायी कर्मचारीहरूद्वारा विरोध प्रदर्शनी

सिलगढी : अस्थायी कर्मचारीहरूले विभिन्न मागहरूलाई लिएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आज विरोध प्रदर्शनी गरे। उक्त विरोध प्रदर्शनीको कारण धेरैजसो विभागमा कामकाज ठप्प रहेकोले गर्दा मानिसहरूलाई निक्कै समस्या भएको बताइएको छ। प्राप्त जानकारीअनुसार मंगलबार मेडिकल कलेजमा कन्ट्र्याक्चुअल वर्कर युनियनको आह्वानमा अस्थायी कर्मचारीहरूले विरोध प्रदर्शनी शुरू गरे। यस अवधि प्रदर्शनकारीहरूले विभिन्न मागहरू गर्दै यदि आफूहरूको माग पुरा नभए वृहत आन्दोलन गर्ने चेताउनी दिए। वर्कर युनियनका सचिव प्रशान्त सेनगुप्तले सफाई कर्मचारीको पदमा नियुक्त मानिसहरूलाई अतिरिक्त कार्य गराइरहेको साथै अतिरिक्त कार्यको लागि तिनीहरूलाई वेतन पनि नदिएको बताए। ती कर्मचारीहरूलाई न्यूनतम 7 हजार रुपियाँमा काम गर्न बाध्य भइरहेको तिनले बताए। विरोध प्रदर्शनको खबर पाएर मेडिकल थाना र मतिगढा पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। यसबारे जान्न चाहँदा मेडिकल कलेज एवम् अस्पताल अधीक्षक कौशिक समाजदारले अस्थायी कर्मचारीहरूको नियुक्ति कन्ट्र्याक्चुअल वर्कर एजेन्सीको माध्यमद्वारा भएकोले गर्दा तिनीहरूको विविध समस्याबारे एजेन्सीलाई अवगत गराएपछि मात्र आफूहरूले यसबारेमा सोझै एजेन्सीसँग कुराकानी गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *