मेडिकल कलेज र पुलिस आउटपोस्टमा गणतन्त्र दिवस पालन

सिलगढी : सिलगढीको नर्थ बेङ्गल मेडिकल कलेज एवम् अस्पताल परिसरमा आज 71औँ गणतन्त्र दिवस पालन गरियो। आज बिहान अस्पताल परिसरमा नर्थ बेङ्गल मेडिकल कलेजका सुपर कौशिक समाजदारलगायत प्रिन्सिपलले संयुक्त रूपमा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रित गीत गाइयो। यस अवसरमा उत्तरबंगाल मेडिकल कलेजमा कार्यरत विभिन्न विभागका कर्मचारीगण, डाक्टर, नर्स तथा हाल अध्ययनरत विद्यार्थीहरू धेरै संख्यामा उपस्थित थिए।


यसैगरी, मेडिकलस्थित पुलिस आउटपोस्टमा पनि आज 71औँ स्वतन्त्रता दिवसको अवसरमा एसआई विश्वजीत र एसआई अलीले संयुक्त रूपमा राष्ट्रिय झण्डा फहराए। यसको साथै पुलिसका जवानहरूले मार्च पास गर्नको साथै अधिकारीहरूलाई सलामी पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *