मेडिकलका जुनियर डाक्टरहरूद्वारा विरोध प्रदर्शन

सिलगढी: चाँडै काउन्सेलिङ गरिनु पर्ने माग गर्दै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका जुनियर डाक्टरहरूले आज फेरि विरोध प्रदर्शन गरे। कोरोनाले गर्दा मेडिकलका विद्यार्थीहरूको काउन्सेलिङ हालसम्म पनि नगरेकोले मेडिकल कलेज एवम् अस्पतालमा कार्यरत् जुनियर डाक्टरहरू हाल धेरै असुविधामा परेका छन्। हाल यसलाई लिएर देशभरिमैं जुनियर डाक्टरहरूले आवाज उठाइ रहेका छन्। जुनियर चिकित्सकहरूले आपातकालिन विभाग सामु आज विरोध प्रदर्शन गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *