मेडिकलमा ‘दिदीमनीको क्यान्टिन’, शिक्षिकाद्वारा रोगी तथा तिनका परिवारलाई निःशुल्क भोजनको व्यवस्था

सिलगढी : कोरोनाको रोकथाम गर्नको लागि राज्यमा आंशिक लकडाउन जारी रहेकोले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार गराउन आएका धेरैजना रोगी तथा तिनका परिवारका सदस्यहरू समस्यामा परेका छन्। आंशिक लकडाउनले गर्दा यातायात परिसेवा बन्द रहेकोले टाढा-टाढाबाट मेडिकल कलेजमा उपचार गर्न आएकामा रोगी तथा रोगीका परिवारका सदस्यहरू आफ्नो घर फर्किन सकेका छैनन्। यसैले स्कुल शिक्षक सुनन्दा सरकारले दिदीमनीको क्यान्टिन-को माध्यमद्वारा रोगी तथा रोगीका परिवारका सदस्यहरूलाई निःशुल्क भोजन गराइरहेकी छन्। दिउँसो 2 बजे मेडिकल कलेज परिसरमा दिदीमनीको क्यान्टिन-को माध्यमद्वारा भात, अण्डा, फ्राई राइस, पनीर र सोयाबीनको सब्जीको व्यवस्था गरिएको छ।


शिक्षिका सुनन्दा सरकारले गत 14 मईदेखि भोजनको व्यवस्था गरेको साथै दिवङ्गत बोजु आशलता फाउन्डेसनको नाममा उक्त कार्य गरेको बताइन्। राज्यमा आंशिक लकडाउन जारी रहुन्जेलसम्म उक्त क्यान्टिनको माध्यमद्वारा भोजनको व्यवस्था गर्ने तिनले बताइन्। प्रतिदिन लगभग 2 सय रोगी तथा तिनीहरूका परिवार, स्वास्थ्य कर्मी तथा एम्बुलेन्स चालकलाई उक्त क्यान्टिनमा भोजनको व्यवस्था गरेको साथै तिनको उक्त कार्यमा लोग्ने, मिठु पाल र अमल पालले सहयोग गरेको तिनले बताइन्। कोरोना परिस्थितिमा दिदीमनीको क्यान्टिनको माध्यमद्वारा भोजन गर्न पाउँदा रोगीका परिवारहरू निक्कै खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *