मेडिकल मोड नजिक एउटा घरमा आगलागी

सिलगढी : सिलगढीको मतिगढा थाना अन्तर्गत पर्ने मेडिकल मोड इलाकामा घरको नजिक जङ्गलमा आगो लागेपछि उक्त आगो बिजुलीको खुट्टीको सम्पर्कमा आउँदा सर्ट सर्किट हुँदा एउटा घरमा आगलागीको घटना घटेको छ।  प्राप्त जानकारीअनुसार मेडिकल मोड नजिक जङ्गलमा आज अपरान्ह 2 बजी आगो लाग्दा नजिकैमा रहेको बिजुलीको पोलमा फैलिएपछि सर्ट सर्किट हुँदा उक्त इलाका निवासी मनोज गुप्ताको घरमा आगो लागेको बताइएको छ। आगो लागेको थाहा पाएपछि स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गर्नको साथै यसबारे अग्निशमन विभागलाई पनि जानकारी गराए। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागीको समय उक्त घरमा परिवारका कुनै सदस्यहरू नरहेको भए तापनि गाउँलेहरूको सहयोगमा ठुलो अप्रिय घटना हुन अगावै आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *