मेडिकल मर्निङ फुटबल कोचिङ सेन्टरको पहलमा नकआउट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी : मेडिकल मर्निङ फुटबल कोचिङ सेन्टरको पहलमा आज अन्डर 13 नकआउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन सन्दीप सेनगुप्ताले आज राष्ट्रिय झण्डा उत्तोलन गरेर टुर्नामेन्टको उद्घाटन गरे। उक्त टुर्नामेन्टमा विजयी बनेका फुटबल टोलीलाई नगद 5 हजार रुपियाँ र आकर्षक ट्रफी अनि उप विजेता टोलीलाई नगद 3 हजार रुपियाँ र आकर्षक ट्रफी प्रदान गरिनेछ। यस अवसरमा उत्तरबंग मेडिकल कलेज आउटपोस्टका ओसी विश्वजीत घोष लगायत अन्य उपस्थित थिए। उत्तरबंग मेडिकल कलेज आउटपोस्टका ओसी विश्वजीत घोषले टुर्नामेन्टमा भाग लिएका फुटबल टोली तथा कोचिङ सेन्टरलाई फुटबल प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *