मेडिकल प्रथम वर्षका छात्राको झुण्डिएको अवस्थामा शव उद्धार

कुचबिहार :  कुचबिहार एमजेएन मेडिकल कलेजको प्रथम वर्षकी छात्राको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक छात्रा पूर्व वर्द्धमान निवासी 24 वर्षीय स्निग्धा कुन्डुको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आज बिहान पढ्ने कोठामा झुण्डिएको अवस्थामा विद्यार्थीको शव उद्धार गरेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त छात्राले आत्महत्या गरेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *