मीरा राई इनिसिएटिभका दुईजना धावकले दार्जिलिङ हिल म्याराथानमा अंश ग्रहण गर्ने

दार्जिलिङ: आगामी 3 दिसम्बरमा हुने दार्जिलिङ हिल म्याराथनमा योसित आवद्ध मीरा राई इनिसिएटिभ नेपालका दुई जना उत्कृष्ट धावकले सहभागी जनाउने भएको छ। दार्जिलिङ हिल म्याराथानमा उक्त दुई धावकले मीरा राई इमिटेटिभ र विकरुन फाउन्डेसनको प्रतिनिधित्व गर्ने थाहा लागेको छ।


ती दुई धावकहरुमा एक पेशेवर अल्ट्रा ट्रेल धावक सुमन कुलुङ राई र अर्को धावक अनिता राई एक्सचेन्ज एण्ड एम्पावर 2021-को एथलीट मध्ये एक हुन्। दुवैजना नेपालका राष्ट्रिय स्तरका धावकहरू हुन् भने दुवैले धेरैवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरू समेत हत्याइसकेका छन्। तथापि नेपालका चर्चित धावक मीरा राईले भने आफ्नै कतिपय व्यस्तताको कारण उक्त प्रतियोगितामा अंश ग्रहण नगर्ने भएको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *