मेखलीगञ्ज ब्लकको चेङ्गराबन्धामा मोर्टार शेल उद्धार

कुचबिहार (निसं): कुचबिहारको मेखलीगञ्ज ब्लकको चेङ्गराबन्धामा बोल्डर मुनि मोर्टार शेल उद्धार गरेको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार डुवर्सको विभिन्न नदीहरूबाट ल्याएरको बोल्डर बङ्ग्लादेश निर्यात गर्नको लागि मेखलीगञ्ज ब्लकको चेङ्गराबन्धा ल्यान्ड पोर्टमा जम्मा गर्ने गरिन्छ। त्यहाँ काम गरिरहेको समय एकजना श्रमिकले मोर्टार शेल देखेपछि इलाकामा सनसनी फैलिनको साथै मानिसहरूको भीड जम्न थाल्यो। घटनाबारे पुलिसलाई खबर दिएपछि मेखलीगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *