मेखलीगञ्जमा व्यक्तिको शव उद्धार

कुचबिहार : मेखलीगञ्ज ब्लकको जमालदह ग्राम पञ्चायतको केशारहाट संलग्न इलाकाबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति केशारहाट शिवमन्दिर इलाका निवासी शैलेन बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले जमालदह केशारहाटको पक्का सड़क किनार नजिकको एउटा धान खेतमा उक्त व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *