मेला शुरू गर्नेबारे मुख्यमन्त्रीलाई आवेदन

सिलगढी :  लकडाउनले गर्दा मेलाहरू बन्द रहेकोले यससँग संलग्न मानिसहरूले आर्थिक समस्याको सामना गर्न परिरहेको छ। आज अल इन्डिया फेयर मर्चेन्टस् वेलफेयर एसोसिएशनले एउटा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री समक्ष चाँडै मेला शुरू गर्नेबारे आवेदन गरेको बताइएको छ। राज्य सरकारको नियमको पालन गर्दै एकपछि अर्को गर्दै पार्क, सिनेमा हल शुरू भइरहेको छ। यसैले अल इन्डिया फेयर मर्चेन्टस् वेलफेयर एसोसिएशनले पनि मेला चाँडै शुरू गर्ने माग गरेको छ। सरकारी सबै नियम पालन गरेर तिनीहरूले मेला शुरू गर्न चाहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.