मेरीबोङ चियाबारीमा 300 जनालाई लगाइयो भ्याक्सिन

बिजनबारी: कोभिड संक्रमणलाई रोक्न हाल पहाडको विभिन्न चिया कमानहरूमा पनि भ्याक्सिन लगाइने क्रम जारी रहेको छ। यसै क्रममा दार्जिलिङको मेरीबोङ चियाबारीमा 45 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरुलाई कोरोनाको पहिलो भ्याक्सिन लगाइयो। मेरीबोङ चियाबारीमा उक्त प्रथम चरणको कोभिड भ्याक्सिन लगाए पछि स्थानीय चियाबारीमा कार्यरत् श्रमिकहरुले राहतको श्वास फेरेका छन्। उक्त भ्याक्सिन कार्यक्रमलाई सुचारु रुपमा सम्पन्न गर्न मेरीबोङ चियाबारीका प्रबन्धकपक्ष, स्वास्थ केन्द्र, आशा कर्मी लगायत अन्यको मुख्य सहयोग रहेको थियो। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार मेरीबोङ चियाबारीमा कार्यरत् श्रमिकहरु लगायत अन्य गरेर मोठ 300 जनालाई कोरोनाको पहिलो भ्याक्सिन लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *