मेरिबुङ चियाबारीमा गेट मिटिङ अनि पथसभा

सोनादा: जोइन्ट फोरमको नेतृत्वमा गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्युयु- ले दार्जीलिङ, खरसाङ अनि मिरिकमा रहेका सम्पूर्ण चिया बगानहरुमा दुई दिनको निम्ति सरकार अनि मालिक पक्ष विरुद्ध विरोध जनाउँदै न्यूनतम रोज अनि पर्जापट्टा दिनु पर्ने मागमा सबै चियाबारीहरुका प्रबन्धकलाई ज्ञापन पत्र बुझाएको एचपीडब्ल्युयु केन्द्रीय समिति सचिव धिरज राईले जानकारी दिएका छन्। तिनले जानकारी दिए अनुसार आज मेरिबुङ चियाबारीमा गेट मिटिङ अनि पथसभा गर्दै 15 प्रतिशत बगानको जमिन पर्यटनको निम्ति दिएको तर एकपक्षीय निर्णयको कारण साथै श्रमिकहरुलाई इन्टरिम रोजदर दिएको कारण श्रमिकहरुको निम्ति न्यूनतम रोज हुनपर्छ भनी जोइन्ट फोरमको माग रहेको छ।


यसको साथै श्रमिकहरुको अन्य विभिन्न समस्याहरु लिएर पनि विरोध जनाउँदै दुई दिनको निम्ति गेट मिटिङ अनि र्यासली गरेको तिनले जानकारी दिएका छन्। दुई दिने उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा एचपीडब्ल्युयु समिति महासचिव एसके लामाले सबै शाखाका एचपीडब्ल्युयु प्रतिनिधिहरू अनि श्रमिकहरुलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *