मेरीबुङ चियाकमानका 851 परिवार तृणमूल कङ्ग्रेस-मा सामेल

दार्जिलिङ : दार्जिलिङको विभिन्न ठाउँहरूबाट हाल पार्टीहरू त्यागेर तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउने क्रम लगातार जारी देखिन्छ। यसै क्रममा दार्जिलिङको मेरीबुङ चियाकमानका लगभग 851 घर परिवारले विभिन्न पार्टी त्यागेर तृणमूल कङ्ग्रेसलाई समर्थन जनाएका छन्। मेरीबुङस्थित तृणमूल कङ्ग्रेसको एउटा कार्यक्रममा यी परिवारहरू तृणमूलमा सामेल भएका हुन्। यस अवसरमा उपस्थित हिल तृणमूलका नेताहरू एनबी खवास, विनय तामाङ, निर्मल सिंह, रमेश कडेरिया, परवरिस सुब्बा, राम थापा, बीआर राई, निर्मल राई आदिको बाहुलीबाट समर्थन जनाउनेहरूलाई पार्टीको झण्डा प्रदान गर्नको साथै स्वागत जनाइयो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *