‘मेरो शब्द तिम्रो गीत’ गीति सङ्ग्रहको लोकार्पण

सुकेपोखरी : मनको साइनो परिवार राङभाङ भेल्लीको पहलमा आज शरण राईकृत मेरो शब्द तिम्रो गीत गीति सङ्ग्रहको विधिवत विमोचन गरियो। दिपेन प्रधानले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन पनि समावेश गरिएको थियो। कवि मदन ओझाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा गायक विनोद स्याङदेन, कवि मनोज लामा, पीके प्रधान, भक्त प्रधान, शर्मिला प्रधान, बाबुराम शर्मा तथा अन्यको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *