“मेरो भोइस युनिभर्स”-को टप 9-मा पुगेका साइराज खातीलाई सबैले भोटिङ गरिदिने मिरिक साइराज खाती फ्यान क्लबको अपील

मिरिक : नेपालको चर्चित गायन कलाको मञ्च मेरो भोइस युनिभर्स-को टप 9-मा पुग्न सफल बनेका मिरिक मञ्जु चियाकमान निवासी साइराज खातीलाई मेरो भोइसको ताज पहिराउन मिरिकमा साइराज खाती फ्यान क्लब अघि आएको छ। फुवागढी उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व छात्र साइराज खातीलाई मेरो भोइस युनिभर्समा जिताउन मिरिकका सचेत नागरिकहरू अघि आएका छन्। यस विषयमा फुवागढी उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक प्रभारी तथा साइराज खाती फ्यान क्लबका प्रमुख पेमा लामाले साइराज खाती हाम्रो सफल गायक हुन्। तिनी सानै उमेरदेखि गायन क्षेत्रमा रुची राखेर गीत गाउने गर्थे। तिनी नेपालको टप गायन कला मञ्च मेरो भोइस युनिभर्स-मा टप नाइनमा पुग्न सफल बनेकोले हाल तिनलाई भोटको आवश्यक छ। यसैले साइरजलाई भोटिङ गरेर विजय बनाउन सबै अघि आइदिने साइराज खाती फ्यान क्लबले आहवान गरेको छ। साइराज खाती फ्यान क्लबको अफिसियल पेज आज सार्वजनिक गरेको बताउँदै सम्पूर्ण समाज विद्यालय अनि सामाजिक संस्थालाई अघि आइदिने फ्यान क्लबका चन्दन लामा, मोहन दोर्जे लामा, सञ्जीत तामाङ, भुपेन राई, बालकृष्ण शर्मा, विवेक नेवार, सागर प्रधान, हेम चन्द्र प्रधानले सबैसित आहवान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *