मेरियनबारी चियाकमानमा श्रमिकहरूद्वारा गेट मिटिङ सुरू

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लानटेसन वर्कर्स युनियन मेरियनबारी युनिटले आजदेखि मजदुरहरुको विविध मागलाई लिएर दुई घण्टाको गेट मिटिङ सुरु गरेको छ। मेरियनबारी चियाबगानका मालिक पक्षबाट मजदुरहरुलाई दिन पर्ने विभिन्न साहुलियतहरु नपाएको गुनासो गर्दै सम्पूर्ण मजदुरहरुले आफ्नो माग पुरा नभएसम्म प्रत्येक दिन दुई घण्टा धरना दिने भएको छ। युनियनका अध्यक्ष बुद्ध तामाङले जानकारी गराए अनुसार मालिक पक्षले विगत 2019 देखि अवकाश प्राप्त गरेका मजदुरहरुको ग्राजुटी, पीएफ आदि रकमहरु भुक्तानी नगरेको साथै हाल मजदुरहरुले पाउने बुनियाँदी अधिकारको समेत हनन् गरेको बताउँदै जबसम्म मजदुरको माग पुरा हुँदैन गेट मिटिङ लगातार जारी रहने छ। यसबारे युनियन पक्षबाट सम्बन्धित निकायहरुलाई जानकारी गराइ सकेको तिनले थप बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *