एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौं रूपियाँ ठगेको आरोपमा तीनजना आरोपी पक्राउ

सिलगढी: एमईएस-मा नोकरी लगाइदिने प्रलोभन देखाएर युवकहरूको रूपियाँ ठगेको आरोपमा सिलगढीको प्रधाननगर थाना पुलिसले तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा आरपी सिंह, ओमप्रकाश तिवारी र बिरेन्द्र कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार ठगको शिकार भएका युवक शोभन देव रायले मंगलवार यी तीनजना विरूद्ध लाखौं रूपियाँ ठगेको बारे प्रधान नगर थानामा प्रथमिकी दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा प्रधान नगर थाना पुलिसले खोजी शुरू गरेर तीनै जनालाई हिरासतमा लिएर सोधखोज गर्दा तिनीहरूले पुलिस समक्ष नोकरी लगाइदिने आश्वासन दिएको कुरालाई स्वीकार गरे। यसपछि पुलिसले आज तीनै जनालाई सिलगढी अदालतमा पेश गऱ्यो।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *