मेटलीको आईभिल चियाकमानमा चितुवाको हमलामा दुईजना श्रमिक घाइते

जलपाईगढी : मेटली ब्लकको आईभिल चियाकमानमा चितुवाको हमलामा दुईजना श्रमिक घाइते भएका छन्। घाइते श्रमिकहरूमा अमित उराव र निरूपा बाग सामेल छन् भने ती दुईमध्ये अमित आईभिल चियाकमानको गाजलडोबा लाइन निवासी र निरूपा चियाकमानको तानिस लाइन निवासी हुन्। प्राप्त जानकारी अनुसार आज बिहान चियाकमानको 18 नम्बर सेक्सनमा काम गरिरहेको समय एउटा चितुवा निस्केर अमित उरावमाथि हमला गरेपछि निरूपामाथि हमला गरेर उक्त चितुवा चियाकमानभित्र पसेको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर कमानको अस्पतालमा उपचारको लागि लैजानको साथै घटनाबारे वन विभागलाई खबर दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *